नेपाल बन्दको पुर्व सन्ध्यामा भालुवाङ सहित दाङका विभिन्न स्थानमा मसाल जुलुस



नेपाल बन्दको पुर्व सन्ध्यामा भालुवाङ सहित दाङका विभिन्न स्थानमा मसाल जुलुस

भालुवाङ ६ भदौ । विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टीले भोली १ दिनका लागि आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा दाङ सहित देशभर मसाल जुलुस निकालेको छ ।

बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका भालुवाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर लगायत मुख्य मुख्य ठाउँहरुमा मसाल जुलुस संगै कोणसभा सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरले घोराहीको तुलसीपुर चोक, रामपुर बजार, घोराही- तुलसीपुर सडक खण्डमा पर्ने सर्रा र नारायणपुर र भालुवाङ पुल्चोक मसाल जुलुस निकालेको हो ।

घोराही भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले नेपाल देशलाई संकटमा पारेर नेपाली जनतालाई समस्या पारेर भ्रष्ट नेताहरू साम्राज्यवादी र पुँजीवादी सत्ताका मतियारहरुले झन्डा हल्लाएर हिड्न नपाउने बताएका छन् ।

उनले विप्लवले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी जीवित रहँदासम्म त्यो सम्भव नभएको र सबै क्रान्तिकारी शक्ति ,देशभक्त प्रगतिशील नागरिकहरुलाई एकजुट भएर यो सत्तालाई मिल्काएर जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताएका हुन् ।

साथै भोलिको नेपाल बन्दलाई पूर्ण रुपमा सफल बनाउन सम्पूर्ण उद्योग, व्यवसाय, कलकारखाना, शिक्षण संस्था, यातायात व्यवसायी लगायतलाई आ-आफनो ठाउँबाट सहयोग गरिदिन नेता केसी अपिल गरे  कोणसभाको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला सचिव पदम चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे