राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको प्रेस संयोजकमा न्यौपाने चयन



राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको प्रेस संयोजकमा न्यौपाने चयन

भालुवाङ ५ भदाै । राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको प्रेस संयोजकमा बासुदेव न्यौपाने चयन भएका भएका छन् ।

संघका अध्यक्ष हरि खड्काको अध्यक्षतामा बसेको बैठकले हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष/ प्रधान सम्पादक तथा राप्ती प्रेस मञ्चका प्रथम उपाध्यक्ष न्यौपानेलाई प्रेस संयोजकमा चयन गर्ने निर्णय गरेको हो, भने प्रेस सल्लाहकारमा अखिल खनाललाई चयन गर्ने निर्णय गरेको संघका महासचिव कमल खनालले बताए ।

त्यसैगरी संघले भाद्र ११ गते सनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ । संघ र आशाका किरणको संयुक्त रुपमा रक्तदान कार्यक्रम गर्ने संघका अध्यक्ष हरी खड्काले बताए । सम्पूर्ण राप्तीबासीलाई उक्त रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्न समेत अध्यक्ष खड्काले आग्रह गरेका छन् ।

बैठकमा आशाको किरणको तर्फबाट अध्यक्ष अशोक बेल्वासे, बरष्ठि उपाध्यक्ष दिवश आचार्य, महासचिव लोकु भुसाल, बिमल राना लगायतको उपस्थित रहेको थियो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका स्थरीय राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको एक महिना अघि मात्र स्थापना भएको छ । स्थापना भएपछि पहिलो कार्यक्रमको रुपमा रक्तदानको आयोजना गरेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे