गढवामा पालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न, सुनगाभा आमा समूह प्रथम



गढवामा पालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न, सुनगाभा आमा समूह प्रथम

गढवा ५ भदाै । गढवामा गाउँपालिका स्तरीय तिज गित प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

“कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण सम्बर्धन उन्नयन र बिकास हाम्रो अभियान” भन्ने नाराका साथ गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाको आयोजनामा पालिका स्तरीय तिज गित प्रतियोगिताको आयोजना गरिएको थियो।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख अतिथि शर्माले महिला हरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई महिलाहरु एकआपसमा घुल्मिल भई एकजुट भएर अगाडी बढ्दै हाम्रो कला संस्कृति र परम्परा र भेषभुसाको संरक्षण गर्दै लैजानु पर्नेकुरामा जोड दिएका थिए ।

प्रतियोगितामा १० टिम सहभागी भएका थिए। प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगति, माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई बिशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक शंकर पाण्डेले जानकारी दिए ।

कार्यक्रममा सुनगाभा आमा समूह गढवा – ५ प्रनाहा प्रथम स्थान हाँसिल गरेको छ। त्यसैगरी सप्तरीरंगी समुह गढवा – १ कालाकाटे दोस्रो स्थान र दिदिबहिनी महिला समूह गढवा – ६ प्रगतिनगर तेस्रो, बालाखुट्टी महिला समूह गढवा – ६ बालाखुट्टी सान्त्वना र सिमलतारा आमा समूह गढवा – ५ सिमलतारा सान्त्वना स्थान हाँसिल गरेको छ।

तिज गित प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार, द्वितीयलाई सात हजार पाँच सय, तृतीयलाई पाँच हजार र सान्त्वना हुने टिमलाई दुई हजार पाँच सय नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणी पौडेलले जानकारी दिए ।
तिजगित प्रतियोगिताको निर्णायक मन्डलमा संयोजक शंकर पाण्डे र सदस्यहरुमा देउखुरी साहित्य तथा सास्कृतिक मन्चका अध्यक्ष हरि पोख्रेल र पूर्णीमा बुढा मगर रहेका थिए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिरबहादुर आले मगर, वडा नम्बर – ५ का अध्यक्ष लेख बहादुर थापा, नेपाल ह्रदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य, गढवा उद्योग बाणिज्य संघ गढवाका अध्यक्ष खिम बहादुर बुढामगर, चेतनशील महिला समाज केन्द्र गढवाकी अध्यक्ष शकुन्तला डिसी, देउखुरी देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकी गिता कुमारी यादव, जनता माध्यमिक विद्यालय गढवा प्रधानाध्यापक राम सुरत यादव, दलित सशक्तिकरण अभियान गढवाकी अध्यक्ष जया बिश्वकर्मा, गढवा होटल ब्यवसायी संघ बरिष्ट उपाध्यक्ष गोपाल प्रसाद पाण्डेय, गढवा गाउँपालिकाका प्रेस संयोजक तथा गणतन्त्र नेपाल डटकमका कार्यकारी सम्पादक आलोक भावुक, युगबोध राष्ट्रिय दैनिकाका शिवराज पन्थी, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुख हरण यादव लगाएतकाको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल ह्रदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्यले गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रमा बिशेष सहयोग गरेको भन्दै प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलबाट दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका उपाध्यक्ष दयाराम थापाकोको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका सचिव तिलक बहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे