कक्षा १० मा अध्यनरत राजपुरका एक युवक आफ्नै कोठामा झुन्डिएर मृत्यु



कक्षा १० मा अध्यनरत राजपुरका एक युवक आफ्नै कोठामा झुन्डिएर मृत्यु

भालुवाङ ४  भदौ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ बस्ने आस बहादुर घर्ती तथा आरती घर्ती मगरको अन्दाजी १७ वर्षिय छोरा खेमराज घर्ती मगर आफू सुत्ने कोठामा झुन्डिएर मृत्यु अवस्थामा रहेको पाईएको छ ।

घर्ती आफू सुत्ने कोठाको ढोकामा भित्रि तर्फको चुक्कुल लगाएको अवस्थामा कोठाको पंखामा डोरिले झुन्डिएको र बिहान अबेरसम्म नउठदा घर परिवारले ढोका खोल्न खोज्दा भित्रबाट चुक्कुल लगाएको पाइएको र उक्त कोठाको भित्तामा रहेको प्वालबाट निआलेर हेर्दा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

झुन्डिएर आत्म हत्या गर्नुको खास कारण भने खुल्न सकेको छैन । ईलाका प्रहरी कार्यालय गढवाको टोलि घटना स्थलमा पुगि घर्तीलाई पोस्टमास्टमको लागि लमही अस्पतालमा लगिएको छ । घर्ती जनज्योति मावि बेला कक्षा १० मा अध्यनरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे