झाडापखालाबाट राजपुरमा १ को मृत्यु, १७ जना बिरामी



झाडापखालाबाट राजपुरमा १ को मृत्यु, १७ जना बिरामी

 दाङ – दाङको राजपुरमा झाडापखालाबाट एक जनाको मृत्युु भएको छ अन्य १७ जना बिरामी परेका छन् । उनीहरू मध्ये तीन जनाको अवस्था केही गम्भीर रहेको बताइएको छ । झाडापखालाबाट मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरीकी ७ वर्षिया सम्झना परियार रहेको इलाका प्रहरी कार्यालय भैसाहीँ नाकाले जनाएको छ ।

उपल्लो डोल्पामा झाडापखाला समस्या, उपचारमा सकस – Sajha Post
बालिकाको समयमा उपचार नपाएर मृत्यु भएको बताईएको छ । बिहीबार दिउँसोबाट एक्कासी झाडापखालाबाट ग्रसित भएपछि प्राथमिक उपचारको क्रममा अपरान्ह चार बजे घरमै बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ । दुखद घटना भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि राजपुरबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलमै पुगेर उपचार थालेको छ । झाडापखालाका कारण बालबालिका बढी प्रभावित भएका छन् ।

झाडापखालाबाट गम्भीर विरामी तीन जना मध्ये उनीहरूलाई स्वास्थ्यकर्मीको टोलीले औषधि उपचार गरेपछि हाल सामान्य केही अवस्था रहेको राजपुर स्वास्थ्य चौकि प्रमुख रावलले बताउनुभयो ।
उहाँका अनुसार अन्य विरामीहरूको अवस्था अहिले सामान्य बन्दै गएको छ । बिरामीहरुमा सरसफाइको कमी र दुषित पानी सेवनका कारण झाडापखाला फैलिएको प्रारम्भिक जानकारी दिइएको छ । खोलाको पानी धमिलो छ । त्यही पानी स्थानीयले पिउँदै आएका थिए ।
भैसाही नाकाका स्थानीय बिरामी भएको खबर पाएलगत्तै राजपुर गाउँपालिमा अन्तरगत राजपुर स्वास्थ्य चौकी प्रमुख खिमबहादुर रावत, अहेव ताराप्रसाद बिक, सामुदायिक स्वास्थ्य ईकाइ भैसाहीँनाकामा कार्यरत अहेव शिवप्रसाद यादव लगायतको टोली बिहीबार बेलुका नौ बजे भारतीय भूमि प्रयोग गरी राति करीव दुई बजे घटनास्थल पुगेको थियो । त्यहाँ पुगेलगत्तै स्वास्थ्यकर्मीको टोलीले शुक्रबार दिनभर विरामीहरूको स्वास्थ्य सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे