कांग्रेस नेता प्रदीप गिरीकाे अवस्था अझै चिन्ताजनक



कांग्रेस नेता प्रदीप गिरीकाे अवस्था अझै चिन्ताजनक

काठमाडाैँ – कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेकाे अस्पतालले जनाएकाे छ।

विगत तीन सातादेखि ललितपुरकाे मेडिसिटि अस्पतालमा उपचार भइरहेका गिरीलाई बिहीबार भेन्टिलेटरमा राखिएता पनि हिजाे शुक्रबार परिवारकाे आग्रहमा भेन्टिलेटरबाट निकालिएकाे थियाे।

स्राेतका अनुसार अहिले उनलाई अति उच्च मात्रामा अक्सिजन दिइएकाे छ र अवस्था अत्यन्त चिन्ताजनका छ।

भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे