शहरी विकास मन्त्री चाैधरीद्वारा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको भवन शिलान्यास 



शहरी विकास मन्त्री चाैधरीद्वारा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको भवन शिलान्यास 

सिसहनियाँ ३० साउन । संघिय सरकारका शहरी विकास मन्त्री मेटमणी चाैधरीले राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको भवन शिलान्यास गरेका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजारको उत्तर साइड तथा इलाका प्रहरी कार्यालयको नजिक दोलाई खोला छेउमा जग्गा दाता बसन्तकुमार रावत तथा विष्णु पुन रावतले ७ धुर जग्गा चेम्बरलाई उपलब्ध गराएपछि भवनको शिलान्यास मन्त्री चाैधरीले गरेका हुन् ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् शहरी विकास मन्त्री मेटमणी चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको कार्यक्रममा बोल्दै मन्त्री चाैधरीले आफू मन्त्री हुँदा सम्म र नभएपनि भवन निर्माण कार्य सम्पन्न गर्न आफुले भुमिका खेल्ने बताए । साथै उनले संस्थालाई जग्गा उपलब्ध गराएको भन्दै जग्गादाता दम्पतीलाई धन्यवाद समेत दिएका थिए । 

कार्यक्रममा दाङ चेम्बर अफ कमर्सका अध्यक्ष बलदेव योगी, जग्गादाता बसन्तकुमार रावत लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जग्गादाता बसन्तकुमार रावत तथा उहाँकी धर्मपत्नी विष्णु पुन रावतलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भने भवन निर्माणका लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरामणी बेल्वासे, लुम्बिनी प्रदेश कमिटी सदस्य  शिल्पा चाैधरी, सुदन खनाल, प्रेस सल्लाहकार ओमप्रकाश गुप्तालाई पनि सम्मान गरिएको थियोे ।

यसै बीच हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम समेत गरिएको थियो । चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे ( मनु) को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे