चेम्बर अफ कमर्सको भवन शिलान्यास गर्न शहरी विकास मन्त्री चाैधरी भोली सिसहनियाँ आउँदै 



चेम्बर अफ कमर्सको भवन शिलान्यास गर्न शहरी विकास मन्त्री चाैधरी भोली सिसहनियाँ आउँदै 

सिसहनियाँ २९ साउन । संघिय सरकारका शहरी विकास मन्त्री मेटमणी चाैधरी साउन ३० गते सोमबार  दाङ देउखुरीको सिसहनियाँ आउन लागेका छन् ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको भवन शिलान्यास गर्न मन्त्री चाैधरी राप्ती गाउँपालिका ५ सिसहनियाँ आउन लागेको चेम्बरका दोस्रो उपाध्यक्ष नेमलाल बेल्वासे मनुले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारको उत्तर साइड तथा इलाका प्रहरी कार्यालयको नजिक दोलाई खोला छेउमा जग्गा दाता बसन्तकुमार रावत तथा विष्णु पुन रावतले चेम्बरलाई जग्गा उपलब्ध गराएपछि भवन शिलान्यास गर्न लागिएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । 

साउन ३० गते दिउँसो २:३० बजे हुने भवन शिलान्यास कार्यक्रम सँगै तीजको दर खाने कार्यक्रममा सहभागी भइदिन हुन सम्पूर्ण उद्योगी, व्यापारी, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी तथा बुद्धिजीवी, संघ संस्थाका प्रमुख, महिला समूह, शिक्षक, कर्मचारी सवैलाई आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे