लालमटियामा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक आफैलाई



लालमटियामा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक आफैलाई

लालमटिया २९ साउन । देउखुरीको राप्ती गाउँपालिका— २, लालमटियाको खेलमैदानमा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक युआइ एफसी लालमटिया बी ले हात पार्न सफल भएको छ । शनिबार भएको फाइनल खेलमा लमही सिटी क्लबलाई १—४ कोे अन्तरले पराजित गर्दै आयोजक युआई एफसी बी ले उपाधी हासिल गर्न सफल भएको हो ।

बिजेता आयोजक युआइ एफसी बी ले पुरस्कार स्वरुप बोका, मेडलर, प्रमाण—पत्र र उपविजेता लमही सिटीले कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फुटवल प्रतियोगिताका लागि प्रथम पुरुस्कार आयोजक संस्थाका सभाअध्यक्ष भिमबहादुर पुनले १० हजार बराबारको बोका प्रदान गरेकाथिए । युआइ एफसी लालमटियाको आयोजनामा साउन २८ गते देखि शुरु भएको खुल्ला फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

आयोजक भिमबहादुर पुनको अध्यक्षतामा एवम् राप्ती गाउँपालिका २ नम्बरका वडाध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिका ३ नम्बर वडाध्यक्ष उमेश अधिकारी र राप्ती गाउँपालिका २ नम्बरका निर्वतमान वडाध्यक्ष जगतबहादुर थापाको बिशिष्ट अतिथिमा फुटवल कार्यक्रमको समापन गरिएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी २ नम्बर वडाध्यक्ष चौधरीले सम्र्पूण खेलाडी टिमलाई धन्यवाद दिदंै खेल्न जति गाह्रो देखिन्छ, खेलाडी बन्न अझ गाह्रो छ, हामीले वडाको तर्फबाट पनि खेलकुदका लागि बजेट नियोजन गरेको बताए । उनले खेलकुदको विकास गर्दै वडा र पालिकाले सक्षम खेलाडी उत्पादन तर्फ लागेको समेत बताए । कार्यक्रम सञ्चालन आयोजक सुदिन भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे