शिक्षक महासंघ राप्तीद्वारा गाउँ शिक्षा समिति गठन लगायतका ७ बुँदे माग



शिक्षक महासंघ राप्तीद्वारा गाउँ शिक्षा समिति गठन लगायतका ७ बुँदे माग

भालुवाङ २६ साउन । नेपाल शिक्षक महासंघ राप्ती गाउँपालिकाले विभिन्न माग सहित राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ राप्ती गाउँपालिका अध्यक्ष कुलराज जैसिको नेतृत्वमा गएको एक टोलिले बुधवार अध्यक्ष बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त ध्यानाकर्षण पत्रमा यस गाउँपालिका अन्तरगतका कक्षा शिशु देखि १० कक्षासम्मका सवै परिक्षाहरुको संचालनको जिम्मा गाउँपालिकाले लिने व्यवस्था गर्न , गाउँ शिक्षा समिति अविलम्ब गठन गर्न, शिक्षा सम्बन्धि नीति, विधि, निर्देशिका निर्माण , संसोधन वा अद्यावधिक गर्दा शिक्षक महासंघसहित पेशागत घटकका प्रतिनिधिको उपस्थिति अनिवार्य गर्न पनि सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै राप्ती गाउँपालिका स्तरीय परिक्षा समिती गठन गर्दा शिक्षक महासंघसहित पेसागत घटकका प्रतिनिधिहरुको उपस्तिथिमा गठन गर्न , निजि स्रोतमा कार्यरत शिक्षकहरुको सम्बन्धमा विशेष ध्यान पुर्याउन , निःशुल्क शिक्षाको पुर्नरुपमा कार्यान्वयन गर्दै कुनै पनि शिर्षक तथा बाहानामा शुल्क उठाउन प्रतिबन्ध लगाउन र शैक्षिक सुशासन र गुणस्तरीयता कायम गर्न वियालयहरुमा तहगत प्राध्यापकको व्यवस्था शिक्षा नियमावली परिच्छेद १७ को नियम ९३ मा व्यवस्था भए अनुरुप गर्न पनि उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष बिष्टले माग जायज र समय सान्दर्भिक रहेकाले आफुले यसै अनुसार काम गर्ने बताए । गाउँपालिकाले शिक्षालाई कक्षा १० सम्म निःशुल्क गर्ने गरि अगाडि बढेकाले सम्पुर्ण शिक्षक, शिक्षाप्रेमीहरुले सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे