कोइलावास नाका सञ्चालनमा



कोइलावास नाका सञ्चालनमा

साउन २५ , दाङ –  कोइलावास नाका सञ्चालनमा आएको छ । भारत सरकारले भन्सार कार्यालयमा कर्मचारी पठाएर सेवा सुचारु गरेपछि कोइलावास नाका भएर व्यापारिक प्रयोजनका लागि सामग्री भित्रिन थालेको हो । दैनिक उपभोग्य वस्तु, लत्ता कपडा, भाँडाकुडा जस्ता सामग्रीहरु भित्रिन थालेका छन् ।

कोइलावास नाकालाई पूर्णरुपमा सञ्चालनमा ल्याउन दुई देशका व्यापार संगठनको बीचमा भारत बलरामपुर जिल्लास्थित तुलसीपुरमा छलफल भएको छ । दाङ उद्योग वाणिज्य संघको पहलमा कोइलावास नाकालाई पूर्णरुपमा सञ्चालनको लागि भारतमा छलफल गरिएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, गढवा उद्योग वाणिज्य संघ र भारतको तुलसीपुर व्यापार मण्डलको बीचमा कोइलावास नाका फूलफेजमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । यसैबिच कोइलावास भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ ।

कोइलावास भन्सार कार्यालयले गत वर्ष १४ लाख ७८ हजार राजश्व संकलनको लक्ष्य निर्धारण गरेको थियो तर ३२ लाख राजश्व संकलन भएको छ । कोइलावास नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकले प्रयोग गर्ने मोटरसाइकल, जीप, कारको अस्थायी पैठारीबाट राजश्व संकलन भएको हो ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे