कुपिन्डे तालमा डुबेर बेपत्ता भएका युवक मृत भेटिए



कुपिन्डे तालमा डुबेर बेपत्ता भएका युवक मृत भेटिए

दाङ ११ साउन । सल्यानमा मंगलबार कुपिन्डे तालमा डुबेर बेपत्ता भएका युवक मृत भेटिएका छन ।

मंगलबार दिउँसो साढे १२ बजे देखि बेपत्ता भएका दाङ तुलसीपुर उपमहानगरपालिका –६ बस्ने ३५ वर्षिय जीवन बस्नेत बुधबार दिउँसो १२ः५५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दाका साथि धादिङ खानिबास गाउँपालिका –३ घर भएका ३२ वर्षिय मुल बहादुर तामाङ संग बस्नेत कुपिन्डे ताल घुम्न गएको समयमा टिकटक बनाउने क्रममा तालमा डुवेर बेपत्ता भएका थिए ।

बेपत्ता युवकको खोजि कार्यका लागि हिजो देखि नै सशस्त्र प्रहरीको गोताखोर टोली,नेपाल प्रहरी र स्थानियको सहभागितामा शव भेटिएको प्रहरीले बताएको छ । शव ५५ फिट गहिराईमा भेटिएको प्रहरीले भनाई छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलङगामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे