नेपालमा आज थप २२९ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित १,२८४ जना पुग्याे



नेपालमा आज थप २२९ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित १,२८४ जना पुग्याे

काठमाडौं ३१ असार। पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ९९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७ सय १८ नमुना परिक्षण गर्दा २ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ पुगेको छ । जसमध्‍ये १ हजार ६ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये १ हजार २ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९ सय ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे