भदाैको पहिलो हप्ता भित्र मुख्यमन्त्री र अर्थ मन्त्रीको कार्यालय देउखुरीमा आउँछ : अध्यक्ष विष्ट



भदाैको पहिलो हप्ता भित्र मुख्यमन्त्री र अर्थ मन्त्रीको कार्यालय देउखुरीमा आउँछ : अध्यक्ष विष्ट

भालुवाङ २८ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री र अर्थमन्त्रीको कार्यालय भदाैको पहिलो हप्ता भित्र आउने बताएका छन् ।

सोमबार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा आयोजित सर्वपक्षीय बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।

राजधानी तोकिएको क्षेत्रमा केही मन्त्रालय आएपनि मन्त्री र कर्मचारी नबस्दा स्थानीयहरू निरास हुनुका साथै राजधानी समेत गुम्छ कि भन्ने आशंका भइरहेका बेला अध्यक्ष विष्टले भने मुख्यमन्त्री सँग आफ्नो कुरा भएको र ती दुवै मन्त्रालय भदाैको पहिलो हप्ता आउने दावी गरेका छन् ।

साथै राजधानी कार्यान्वयनमा पनि ढुक्क हुन आग्रह गरेका छन् । त्यस्तै अध्यक्ष विष्टले राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालय पनि एक हप्ता भित्र सर्ने बताएका छन् ।

शिक्षा मन्त्रालयबाट पत्र आइसकेकोले पनि अवको एक हप्ता भित्र गढवा गाउँपालिकमा शिक्षालय सर्ने बताएका हुन् । अध्यक्ष विष्टले भने ‘शिक्षा मन्त्रालयले पत्र पठाइसकेको हुँदा  राजधानी कार्यान्वयनका लागि शिक्षालय सरस्वती माध्यमिक विद्यालय गोवरडिहामा सर्ने बताएका छन् ।

अध्यक्ष विष्टले शिक्षालय गोवरडिहामा सरेपछि शिक्षालयलाई सरसफाई र रङ्गरोहन गरी भदौको पहिलो हप्ता भित्र मुख्यमन्त्री र अर्थमन्त्रको कार्यालय आउने समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे