शैक्षिक क्षेत्र सुधारको माग गदै शिक्षक संघले बुझायो राप्ती गाउँपालिकालाई ज्ञापन—पत्र (पूर्णपाठ सहित)



शैक्षिक क्षेत्र सुधारको माग गदै शिक्षक संघले बुझायो राप्ती गाउँपालिकालाई ज्ञापन—पत्र (पूर्णपाठ सहित)

भालुवाङ २७ असार । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघले विभिन्न ११ बुँदे माग सहित सोमबार राप्ती गाउँपालिकालाई ज्ञापन—पत्र बुझाएको छ । संघका राप्ती गाउँपालिका कमिटी अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको शिक्षक संघको एक एक टोलीले उक्त १९ बुँदे ज्ञापन—पत्र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई बुझाएको हो ।

पछिल्लो समयमा राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा ब्यापक बिकृति फैलिएको भन्दै शैक्षिक क्षेत्र सुधारको माग गर्दै उक्त १९ बुँदे ज्ञापन—पत्र बुझाएको हो । शिक्षकले संघले ज्ञापन—पत्र मार्फत मौजुदा शिक्षा ऐन र नियमावली बमोजिम बिद्यालयको प्रधानाध्यापक नियूक्ति स्वच्छ प्रतिस्पर्धाबाट गराई सुशासनको पहिलो प्रत्याभूती दिलाउनु पर्ने, संस्थागत र सामुदायिक बिद्यालयमा सेवारत सम्पूणर् शिक्षक कर्मचारीहरुलाई राज्यद्धारा निर्धारण गरेको सेवासुबिधा अनिबार्य उपलब्ध गराउने ब्यवस्था गर्नुपर्ने र बालविकास कोटामा सेवारत शिक्षकाहरुलाई न्यून पारीश्रमिकमा श्रम शोषण राज्यद्धारा नै गरेकाले त्यसलाई स्थानियतहबाट प्राबि शिक्षक स्केल सरह ब्यवस्था गरी सामाजिक न्यायको प्रत्याभूती दिलाउनु पर्ने माग गरेको छ ।

यस्तै संघले संस्थागत बिद्यालयमा सेवारत ठुलो संख्याका सम्पूणर् शिक्षक कर्मचारीहरुले नियुक्ति—पत्र नपाएको हुँदा अनिबार्य नियुक्ती—पत्र प्रदान गर्नुपर्ने, सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्नुपर्ने, बैज्ञानिक रुपमा शिक्षकहरुको योग्यता, बिषय र तह हेरी तत्काल दरबन्दी अमिलान गर्नु पर्ने र कक्षा १२ सम्मको शिक्षा माध्यामिक तह भएकाले निशुल्क गर्नु पर्ने माग गरेको छ ।

यस्तै शिक्षक संघले तुरुन्त गाँउ शिक्षा समितिलाई पुर्नगठन गरी पूणर्ता दिनु पर्ने, बिद्यालय शिक्षक र कर्मचारीको तलब मासिक रुपमा भुक्तानी गर्ने ब्यवस्था गरी पालिकाबाटै शिक्षकको बैक खातामा जम्मा गरीदिने र दोहोरो लेखापरीक्षण र कार्यबोझ घटाई मितब्ययी तवरले शिक्षण शिकाईमा केन्द्रित हुनुपर्ने र बिद्यालय अनुगमन तथा निरीक्षण कार्य नियामक निकायबाट बढाउनु पर्ने लगायतका १९ बुँदे माग गरेको छ ।

ज्ञापन—पत्र बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले शिक्षक संघले उठाएका मागहरु एकदमै जायज भएको भन्दै साउन देखि उठाएका मागहरु क्रमश कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत जनाएका छन् । साथै अध्यक्ष बिष्टले शैक्षिक क्षेत्र सुधारका लागि शिक्षकहरु राजनिति नगरी बिशुद्ध शिक्षक भएर सेवा दिनुपर्ने बताए । उनले अब सबै राजनितिकदलका शिक्षक संगठनहरु भंङ्ग गरी शुद्ध शैक्षिक सुधार अभियानमा लाग्नुपर्ने सुझाब समेत दिए ।

ज्ञापन—पत्र बुझाउन शिक्षक संघ राप्ती गाउँपालिका कमिटीका दुई दर्जन बढी शिक्षकहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहर्जीकरण संघका माधव बेल्बासेले गरेका थिए ।

यस्तो, छ ज्ञापन—पत्र….

हाम्रो संगठन शिक्षकहरुको पेसागत हकहित र अधिकार प्राप्तीको सवालमा सम्झौताहिन प्रकारले स्थापनाकाल देखि संघर्ष गर्दै गौरवशाली इतिहास रचेको श्रमजीबी वर्गको पक्षपोषण गर्ने एक क्रान्तीकारी संगठन हो । शिक्षा सभ्यता र सुशासन एक अर्र्काका परिपुरक पक्षहरु हुन जसको बिकासमा सच्चा समाजबादीहरु अहोरात्र लागि पर्दछन् ।
अनुपम समाजको निर्माणको लागी पहिलो खुट्किला बिकासको पूर्वाधारको पनि पूर्वाधार भनेर बुझिने शिक्षा क्षेत्रको उच्चतम बिकास अनिवार्य हुन्छ । यस क्षेत्रको उपलब्धी राज्यद्धारा निर्धारण गरेका सहि प्रकारका नीति, नियम , योजना र कार्यक्रमहरु त्यसको कायान्वयनको तहमा सच्चा, निष्ठावान , दक्ष, उत्प्रेरित जनशक्तीबाट मात्र संभव हुन्छ । उक्त कुरा बिश्व परिवेशमा सफल अभ्यास गरेका देशहरु चिन , रसिया भियतनाम मात्र नभई हाम्रै छिमेकी देश भारतको दिल्ली प्रान्तमा पछिल्लो समयमा शिक्षा क्षेत्रमा गरेको प्रगतीले पुष्टी गर्दछ । तर हाम्रो देशको सन्दर्भमा स्वयम् राज्यस्तरबाटै शिक्षा क्षेत्रमा देखाएको उदासिनता , चाकडी चाप्लोसी, नाताबाद, कृपाबाद, फरीयाबाद र भ्रष्ट चरित्र बोकेका शासक र कर्मचारीबाट यो क्षेत्रलाई दिनानुदिन धरासायी बनाउदै लगिएको छ जसको उपज श्रमप्रति घृणा, लुट, तस्करी , दलाली र स्वच्छाचारीता मौलाउदै गएको छ भने सामाजिक दृष्टीकोण राख्ने सच्चा देशभक्त, इमानदार, लगनशिल, कर्तब्यनिष्ठ, नैतिकवन नागरिक तिरस्कृत भैरहेको हाम्रो समाजको बिध्यमान अवस्थामा हाम्रो स्थानिय तहको बिगतको गतिबिधी पनि त्यसैको पक्षपोषण गर्न तल्लीन रह्यो ।
आजको बिज्ञान प्रबिध िर सूचनाको यूगमा शिक्षालाई प्रबिधीसंग जोडेर सहज , सर्बसुलभ, व्यवहारीक र निशुल्क बनाउन तथा यस भित्रका बिकृती बिसंगतीलाई समाप्त पार्न हाम्रो संगठनको तर्फबाट मिति २०७९ असार २६ गते राप्ती गाँउपालिका कमिटीको पूणर् बैठकको निणर्य र सरोकारवालासंगको ब्यापक परामर्शबाट देहाय बमोजिमको सवालहरुमा गंभिर बनी आवश्यक नीति नियम निमाणर् गरी कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछौ ।
सवालहरु
१. मौजुदा शिक्षा ऐन र नियमावली बमोजिम बिद्यालयको प्रधानाध्यापक नियूक्ति स्वच्छ प्रतिस्पर्धाबाट गराई सुशासनको पहिलो प्रत्याभूती दिलाउनु पर्ने ।
२. संस्थागत र सामुदायीक बिद्यालयमा सेवारत सम्पूणर् शिक्षक कर्मचारीहरुलाई राज्यद्धारा निर्धारण गरेको सेवासुबिधा अनिबार्य उपलब्ध गराउने ब्यवस्था गर्ने ।
३. बालबिकाश कोटामा सेवारत शिक्षकाहरुलाई न्यून पारीश्रमिकमा श्रम शोषण राज्यद्धारा नै गरेकाले त्यसलाई स्थानिय तहबाट प्रा. बि. शिक्षक स्केल सरह ब्वस्था गरी सामाजिक न्यायको प्रत्याभूती दिलाउनु पर्ने ।
४.संस्थागत बिद्यालयमा सेवारत ठुलो संख्याका सम्पूणर् शिक्षक कर्मचारीहरुले नियूक्ती पत्र नपाएको हुदा अनिबार्य नियूक्ती पत्र प्रदान गर्नु पर्ने ब्यवस्था मिलाउन र सामाजिक सुरक्षाका लागी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्नु पर्ने । ५. बैज्ञानिक रुपमा शिक्षकहरुको योग्यता , बिषय र तह हेरी तत्काल दरबन्दी अमिलान गर्नु पर्ने र कक्षा १२ सम्मको शिक्षा माध्यामिक तह भएकाले निशुल्क गर्नु पर्ने ।
६. तुरुन्त गाँउ शिक्षा समितिलाई पुर्नगठन गरी पूणर्ता दिनु पर्ने ।
७. बिद्यालय शिक्षक र कर्मचारीको तलब मासिक रुपमा भुक्तानी गर्ने ब्यवस्था गरी पालीकाबाटै शिक्षकको बैक खातामा जम्मा गरीदिने र दोहोरो लेखापरीक्षण र कार्यबोझ घटाई मितब्ययी तवरले शिक्षण शिकाईमा केन्द्रित हुनु पर्ने ।
८. बिद्यालय अनुगमन र निरीक्षण कार्य नियामक निकायबाट बढाउनु पर्ने ।
९. बिद्यालयमा शिक्षक नियूक्ती कार्य आंशिक रुपमा हुदै जान थालेकाले त्यस्तो कार्य बन्द गरी आंशिक शिक्षकलाई आवश्यकताको आधारमा पू्रणर्कालीन शिक्षकको रुपमा प्रक्रिुया पुरा गरी नियूक्ती गर्नु पर्ने ।
१०. गाँउ शिक्षा शाखाबाट शैक्षिक सत्र २०७९ का लागी जारी गरीएको शैक्षिक पात्रोमा बर्षे अथवा हिउदे बिदा १५ दिन कटाएको सम्बन्धमा शिक्षकहरुले कसरी उक्त बिदा उपयोग गर्ने हो त्यस बारे प्र. अ. हरुलाई लिखित निर्देशन तत्काल दिनु पर्ने ।
११. संघिय अनुदानमा कार्यरत शिक्षकहरुलाई चाडपर्व खर्च सहित स्केल अनुसार सेवासुबिधाको ब्यवस्था मिलाउनु पर्ने ।
उर्पयूक्त मागहरु पुरा हुनेमा आशाबादी छौ । हाम्रो पालिकामा नयाँ यूवा नेतृत्वद्धारा शिक्षा क्षेत्रमा परीवर्तन हुनेछ ,मुद्धाहरु कार्यान्वयन गर्दा आउने हरेक प्रकारका कठिनाईहरुसंग हातेमालो गरी अगाडी बढ्न हामीहरु प्रतिबद्ध छौ ।ृ

                                                                                                                                                                                          रामकृष्ण पौडेल
                                                                                                                                                                                              अध्यक्ष
                                                                                                                                                                                  अखिल नेपाल शिक्षक संघ
                                                                                                                                                                             राप्ती गाँउपालिका, देउखुरी-दाङ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे