दाङको तुलसीपुरमा पिसिआर परिक्षण गर्ने तयारी, तुलसीपुर उपमहानगरले पिसिआर मेसिन खरिद गर्ने



दाङको तुलसीपुरमा पिसिआर परिक्षण गर्ने तयारी, तुलसीपुर उपमहानगरले पिसिआर मेसिन खरिद गर्ने

तुलसीपुर २०  कात्तिक । कोरोना संक्रमणको दर वढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । परिक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता भएको भन्दै कार्यपालिकाको ९५ औ बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोरोना चेकजाँच गर्नका लागि घोराहीसम्म जाँदा संक्रमण हुने र फैलने त्रास हुने हुँदा पनि यहाँ नै पिसिआर मेसिन राखेर कोरोना चेकजाँच गर्ने निर्णय गरिएको छ ’ नगरप्रमुख पाण्डेले भने । उनले मेसिन सहयोगको प्रतिवद्धता आइसेकेको समेत जानकारी दिए । ‘मेसिनलाई व्यवस्थापन र सञ्चालनका लागि हामीले सबैको सहयोग लिनेछौ’ उनले भने ।  यसैगरी कार्यपालिकाको बैठकले आइसियु स्थापना गर्ने समेत निर्णय गरेको छ ।

लक्षण देखिएका विरामीको संख्या वढेसँगै आइसियुको अभाव हुने कुरालाई मध्यनजर गरेर स्थापना गर्न लागिएको नगरप्रमुख पाण्डेले वताए । उनले तुलसीपुरको प्रादेशिक अस्पतालका साथै उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा गरेर ६ बेडसम्मको आइसियु स्थापना गर्न लागिएको वताए ।

उपमहानगरपालिकाको ९५ औ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । वैठकले आइसियु स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय लक्षण देखिएको संक्रमितको संख्या वढ्दै गएपछि उपचारमा समस्या देखिएको छ ।

‘उपमहानगरपालिकाले केही रकम राखेर अन्य विभिन्न पक्षबाट सहयोग संकलन गर्दै तत्काल आइसियु सञ्चालन गरिनेछ । ’ नगरप्रमुख पाण्डेले भने । उनले आइसियु वेड सञ्चालनका लागि विभिन्न सरोकारवाल निकायसँग छलफल अगाडी वढाइएको समेत जानकारी दिए ।

‘विपद्को बेलामा नागरिकको जिउज्यान जोगाउने नै मुख्य दायित्व हो त्यसैले हामीले आफुलाई कोरोना प्रतिरक्षाका लागि विभिन्न कामहरुमा केन्द्रीत गरेका छौ’ उनको भनाई छ ।  कोरोना संक्रमणमा परेर उपचार गराउन नसक्ने नागरिकको उपचार समेत उपमहानगरपालिकाले गर्ने भएको छ ।

‘लक्षण देखिएका विपन्न वर्गका विरामीको कोरोना चेकजाँच समेत उपमहानगरपालिकाले गर्ने बैठकमा निर्णय भएको छ ’ नगर प्रवक्ता सुर्यवहादुर डाँगीले भने । उनले विरामीको आर्थिक अवस्था हेरेर उपचार समेत उपमहानगरपालिकाले गर्ने निर्णय भएको जानकारी दिए ।

यसैगरी कोभिडको लक्षण देखिएका तर होम क्वारेन्टाइनमा वसेका संक्रमितहरुलाई वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति वनाइएको छ । ‘स्वास्थ्यकर्मी समेत समितिमा हुने भएकाले संक्रमितहरुको स्वास्थ्य अवस्था पनि वुझिनेछ’ प्रवक्ता डाँगीले भने । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको लास व्यवस्थापनका लागि

सम्वन्धित वडालाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ । उपमहानगरपालिकाले कोरोना उपचारका लागि मेयर विपद् व्यवस्थापन कोषको परिचालन गर्ने भएको प्रवक्ता डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे