पछिल्लाे २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु, ३४३० जना डिस्चार्ज



पछिल्लाे २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु, ३४३० जना डिस्चार्ज

काठमाडौं २० कार्तिक । नेपालमा वितेका २४ घण्टामा ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६८ परिक्षण गर्दा ३हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमितको कुल संख्ंया १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।यस्तै वितेको २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

अब नेपालमा सक्रिय संक्रमतिको संख्या ३६ हजार ५ सय १४ रहेको छ । यस्तै वितेको २४ घण्टामा १८जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल सख्ंया १हजार ५२ पुगेको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे