अबिरल बर्षाले गढवा- राजपुर हुलाकी सडकको कल्भर्टमा क्षती



अबिरल बर्षाले गढवा- राजपुर हुलाकी सडकको कल्भर्टमा क्षती

गढवा २५ असार । दाङको देउखुरीमा गएराती देखि परेको अबिरल बर्षाले बन्दै गरेको गढवा राजपुर हुलाकी सडक तथा कल्भर्टमा क्षति भएको छ ।

गढवा- राजपुर हुलाकी सडकखण्ड अन्तर्गत राजपुर गाउपालिका वडा नं २ मटेरियामा रातभरि परेको पानीले निकाश नपाउदा सडक र कल्भर्ट भत्किएको स्थानीय ऋषि घिमिरेले जानकारी दिएका छन् ।

कल्भर्ट सङै सडकमा क्षति पुगे सगै गढवा-राजपुर आवागमन गर्न रोकिए संगै राजपुर बाट दुध बेच्न गढवा लमहि आउने किसानलाई समस्या भएको छ ।

गढवा राजपुर गगंदी हुदै नेपालगन्ज बाँके जोड्ने हुलाकी राजमार्गको खोला सडक एवं कालोपत्रे तथा तटबन्धको काममा गुणस्तर नहुँदा र विकासको नाममा खर्च बढी भएको स्थानिय दिलबहादुर शाहीको भनाई छ ।

“यो कल्भर्ट भत्किनु ,बाटोमा पानीले क्षति गर्नु गुणस्तरहिन कामको प्रमाण हो ।” शाही बताए । यसको जिम्मेवार सम्बन्धित निकायले लिएर यथासक्य छिटो मर्मत कार्य गर्न सम्बन्धित निकाय संग स्थानियले माग गरेका छन । गढवा देखि राजपुरको गंगदी सम्मको करिब २५ किलोमिटर सडक कालोपत्रेको २०७६ साल कार्तिक देखि शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे