दाङकाे बेल्झुण्डीमा आजदेखि प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड शुरु हुँदै



दाङकाे बेल्झुण्डीमा आजदेखि प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड शुरु हुँदै

दाङ २४ असार । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ आज शुक्रबार देखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयाेजना तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवं लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन हुने प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसि ( सोनाम) ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटन दिउँसो १ बजेका लागि तय गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईले जानकारी दिएका छन । तीन दिन सम्म चल्ने प्रतियोगिताको ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच बेल्झुण्डी रंगशालामा कडा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै ,तेक्वान्दो, कराते छात्र/छात्रा तर्फको खेल मल्टिप्रपोज कवर्डहल तुलसिपुर र भलिबल, कबडि बेल्झुण्डिमै राख्ने तयारी भएको लुम्बिनी प्रदेश खेलकुद परिषद टेक बहादुर बिकले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेका ११ जिल्ला बाट प्रदेशका लागि छनोटमा परेका खेलाडि र अफियल गरि झण्डै १३ सय बढीको सहभागिता रहनेछ ।

यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको प्रदेश खेलकुद परिषदले रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पारेको जानकारी दिएको छ । प्रदेशमा छ्नोटमा परेका खेलाडिले यहि असार २८ देखि

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे