देउखुरीमा राप्ती नदीले बगाउँदा मौरीघाटका एक पुरुषको मृत्यु



देउखुरीमा राप्ती नदीले बगाउँदा मौरीघाटका एक पुरुषको मृत्यु

भालुवाङ २३ असार । देउखुरीमा राप्ती नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । बिहिबार राप्ती नदी तरेर गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा नदीले बगाउँदा राप्ती गाउँपालिका—४, मौरीघाट निवासी अन्दाजी बर्ष ४२ का शंकर चौधरीको मृत्यु भएको हो ।

आज दिउँसो हँसिया, खुर्पा र फरुवामा आरन लगाउन जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइकी छिन् ।

मृतक चौधरीलाई नदीले बगाएर सिसहनियाँ—महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल मुनि पुर्‍याएको थियो । मृतक चौधरीको शब पुल पुनी पानीमा तैरिरहेकोे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाए लगत्तै प्रहरी चौकी गोबरडिहा र ईलाका प्रहरी कार्यालय गढवाबाट आएको प्रहरी टोलीले मृतक चौधरीको शब नदीबाट निकालेको थियो ।

शब निकालेको केही समय पछि बल्ल शबको पहिचान भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । मृतक चौधरीको अहिले शब पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । पोष्टमार्टम पछि शब आफन्तको जिम्मा लाइने प्रहरी निरीक्षक केसीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे