माओवादीले बनायाे नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष



माओवादीले बनायाे नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष

काठमाण्डाै २३ असार । नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ । आज बिहीवार काठमाण्डाैमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुङ्गो लाग्ने बताए । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरू चयन हुन ढिला भएको बताए ।

नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका सङ्घर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले कतिपय कुरा अध्यक्षमा केन्द्रित हुनु स्वाभाविक रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे