शर्मा माथिको छानबिन नसकिएसम्म माओवादीले अर्को अर्थमन्त्री नबनाउने



शर्मा माथिको छानबिन नसकिएसम्म माओवादीले अर्को अर्थमन्त्री नबनाउने

काठमाडाैँ २२ असार । नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार संसदमा राजीनामा घोषणा गरेका छन् ।

उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ । उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ । संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए ।

‘पार्टीले उनलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने,‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन ।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे