बाल विवाह न्युनीकरण गर्न अभिभावक सचेत बन्नुपर्छ : वडा अध्यक्ष चाैधरी



बाल विवाह न्युनीकरण गर्न अभिभावक सचेत बन्नुपर्छ : वडा अध्यक्ष चाैधरी

सिसहनियाँ १९ असार । राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीले बाल विवाह न्युनीकरण गर्न अभिभावकहरू नै सचेत हुनुपर्ने बताएका छन् ।

सामुदायिक विकास मञ्च दाङको आयोजना एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ को सहयोगमा आइतबार देखि सिसहनियाँमा सुरू भएको २ दिने बाल विवाह न्युनीकरण तथा बालमैत्री स्थानीय शासन सम्बन्धि सरोकारवाला हरू सँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष चाैधरीले बाल विवाह न्युनीकरण हुन नसक्नुमा अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख र सहि शिक्षा दिन नसक्नु बताएका छन् ।

साथै उनले बालविवाह न्युनीकरण गर्न सरोकारवालाहरूले पनि ध्यान दिनुपर्ने र सवै जिम्मेवार हुनुपर्ने बताउँदै अब गाउँ – गाउँमा बालविवाह सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न र पाठ्यपुस्तकमा सो विषय समेटनु पर्ने बताएका थिए । कार्यक्रममा ३५ जनाको सहभागीता रहेको छ ।

मञ्चका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरे र मदन अधिकारीले गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे