दाङको विकासका लागि कोइलाबास बजारको व्यवस्थापन आवश्यक छ : मन्त्री चाैधरी



दाङको विकासका लागि कोइलाबास बजारको व्यवस्थापन आवश्यक छ : मन्त्री चाैधरी

गढवा १८ असार । शहरी विकासमन्त्री मेटमणी चौधरीले दाङको विकासको लागि कोइलाबास बजारको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

दाङको सबैभन्दा महत्वपूर्ण स्थान तथा दाङको फ्रन्ट लाइन कोइलाबास भएको कारण्ले कोइलाबासको भौतिक संरचना पुनःनिर्माण गरेर बजार व्यवस्थापन गर्न सके दाङको विकास हुन समय नलाग्ने चौधरीको भनाई रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी समाजवादी गढवाले गढवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले कोइलाबास देखि लमही सम्मको बाटोलाई इन्धन बोक्ने बाटोको रुपमा निर्माण गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय प्रक्रिया अगाडि बढाएको बताउँदै गोबरडिहा देखि कृष्ण नगरसम्मको सम्म ३० किलोमिटरको बाटो कालोपत्रे गर्ने र गंगदि देखि नेपालगञ्ज सम्म ३० किलोमिटर रहेको हुलाकी बाटो डीपीआर प्रक्रिया सुरु गरी निर्माण प्रक्रिया अगाडि बढाइने बताए ।

त्यसैगरी मन्त्री चौधरीले सिसहनियाँ, महदेवा देखि भारतको पचपेडवा सम्म दुईतर्फी बाटो निर्माणको लागि विश्व बैंकको सहयोगमा बाटो निर्माण गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

त्यसै गरि मन्त्री चौधरीले गढवा बजारलाई अझ सुन्दर र व्यवस्थापन गर्नको लागि बजार भित्र रहेको कुमाल बस्ती व्यवस्थापनको लागि नेपाल सरकारले गर्नुपर्ने सबै कार्य अगाडि बढाएको बताउँदै स्थानीय सरकार र कुमाल समुदाय हरु बिचको सहमति बमोजिम एकीकृत योजना मार्फत कुमार बस्ती व्यवस्थापन गर्ने कार्य अघि बढाइने चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे