भालुवाङ बजारका सवै गल्ली साउन महिना भित्र कालोपत्रे हुन्छ : मन्त्री चौधरी



भालुवाङ बजारका सवै गल्ली साउन महिना भित्र कालोपत्रे हुन्छ : मन्त्री चौधरी

भालुवाङ १८ असार । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले शनिवार शहरी विकास मन्त्री मेटमणी चौधरीलाई बधाई दिदै स्वागत गरेको छ । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको स्वागत बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले साउन महिना भित्र भालुवाङ बजारका सवै गल्ली कालोपत्रे हुने बताएका छन् ।

पहिलो पटक मन्त्री बनेका चौधरी गृहजिल्ला दाङका विभिन्न ठाउँमा धन्यवाद दिन आइपुगेका मन्त्री चौधरीले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने महत्वपुर्ण काम गर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो कार्यकालमा कसैको शिर निहुरीने गरी काम नगर्ने बरु शिर उच्च हुने गरी काम गरेर देखाउने बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका मन्त्री चौधरीले राजधानी स्थान्तरणमा ढिला भएको भन्ने जनगुनासो आएकोले अव त्यो काम पनि छिटो हुने र प्रदेशको बैठक पनि स्थायी राजधानीमै बस्ने बताएका छन् । कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, राप्ती उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे