लालपुर्जा वितरणको काम अव छिट्टै हुन्छ : मन्त्री चौधरी



लालपुर्जा वितरणको काम अव छिट्टै हुन्छ : मन्त्री चौधरी

भालुवाङ १८ असार । शहरी विकास मन्त्री मेटमणी चौधरीले अव लालपुर्जा वितरणको काम छिट्टै हुने बताएका छन् । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले शनिवार भालुवाङमा आयोजना गरेको पत्रकार भेटघाट तथा स्वागत बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीले लालपुर्जा वितरण नीतिगत रुपमा पास हुने बित्तिकै उच्च स्तरीय भुमिसुधार मार्फत पुर्जा वितरणको काम अगाडी बढ्ने बताएका छन् । प्रमुख अतिथि समेत रहेका मन्त्री चौधरीले प्रदेश राजधानी पनि अव अस्थायी मुकाम बुटवलबाट क्रमश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सर्ने र आउँदो हिउँदे अधिवेशन पनि बस्ने गरी काम भइरहेको बताउका छन् ।

त्यती मात्र नभई अव प्रदेशका बैठक पनि देउखुरीमै बस्ने बताएका छन् । आउँदो संघ र प्रदेशको निर्वाचन कहिले सम्म हुन्छ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री चौधरी यसै भन्न नसक्ने बताएका छन् । त्यस्तै उनले आफ्नो निर्वाचन क्षेत्रका पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने पनि बताएका छन् । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले आफ्नो भनाई राखेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे