मोटरसाइकल चोरी गर्ने गढवा, राप्ती र लमहीका १२ जना पक्राउ



मोटरसाइकल चोरी गर्ने गढवा, राप्ती र लमहीका १२ जना पक्राउ

दाङ १८ असार । दाङमा  मोटरसाइकल चोरी गरेकाे आराेपमा गढवा, राप्ती र लमहीका १२ जना  पक्राउ परेका छन् । गएराती वडा प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय गढवाले गरेको अप्रेसनमा ठुलाे सख्यामा उक्त गिरोहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १८ का क्यानोन क्षेत्री, वर्ष १९ का करण बस्नेत, वर्ष १८ का बरुण कुमाल, वर्ष १८ को आनन्द परियार, वर्ष १७ को नसिम धुनिया, वर्ष १८ का आरएन सिंह ठकुरी, वर्ष १८ का शिवम यादव, वर्ष १८ का लक्षमण विष्ट, वडा नम्बर ५ बस्ने वर्ष ४४ का गोपाल चौधरी, वर्ष १९ का ओसिम पठान, राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का शुभास चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष को घनश्याम चौधरी रहेका छन ।

उनीहरुले बुटवलका विभिन्न क्षेत्रबाट चोरी गरेर दाङको गढवामा राखेको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीले अप्रेसन नै चलाएर पक्राउ गर्न सफल भएको प्रमुख एसपी काफ्लेको भनाई छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिईन् ।

प्रतिकृया

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे