आन्दोलनमा उत्रिएका अटाे व्यवसायी र स्थानीय सरकार बीच सहमती, अटाे चल्न सुरु



आन्दोलनमा उत्रिएका अटाे व्यवसायी र स्थानीय सरकार बीच सहमती, अटाे चल्न सुरु

लमही १७ असार । लमही नगरपालिकामा सञ्चालित अटाे व्यवसायी र स्थानीय सरकारबीच भएको सहमतिपछि आन्दाेलनमा उत्रिएका अटाे व्यवसायीहरु काममा फर्किएका छन्।

अटाे पार्किङ गर्ने विषयमा नगरपालिका र अटाे व्यवसायी बीच चार दिनदेखि असमझदारी हुँदै आएकाे थियाे। अटाे रिक्सा बसपार्कमा पार्किङ गर्ने, तल्लो बसपार्कमा पाँच वटा, कपडा बैंक चोकमा दुई वटा, कोइलाबास रोडको उत्तर तर्फको चोकमा ६ वटा, दक्षिण तर्फको चोकमा दुई वटा, लमही आँखा अस्पताल, लमही नगरपालिका, लमही अस्पताल, मालपोत कार्यालय अगाडी अटो पार्किङ गर्ने गरी सहमति भएको बताइएको छ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, वडा सदस्य केशब कुमार अधिकारी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने, वडा प्रहरी कार्यालय लमहीका वरिष्ठ प्रहरी नायब निरीक्षक पुराण मल्ल, ट्राफिक प्रहरी लमहीका प्रमुख विक्रम विक, इलाका प्रशासन कार्यालय लमहीका बासुदेब गिरी, त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका प्रशासनिक इन्चार्ज कृष्ण रसाइली,नमस्ते मालिका कालिका यातायात प्रालिका प्रशासनिक इन्चार्ज प्रेम बस्नेत, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल,अटो व्यवसायीका तर्फबाट थानेश्वर यातायात प्रालीका अध्यक्ष चरणकुमार जैशी, सुनौलो देउखुरी यातायात प्रालिका अध्यक्ष तिर्थराज पोख्रेल सहितको प्रतिनिधि मण्डल वार्तामा बसेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे