लमही खानेपानीले पानीको न्यूनतम महशुल घटायाे, १ सय ५० रुपैयाँ कायम



लमही खानेपानीले पानीको न्यूनतम महशुल घटायाे, १ सय ५० रुपैयाँ कायम

लमही १७ असार। लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानीको न्यूनतम महशुल घटाएको छ । साउन एक गते लागू हुनेगरि पानीको न्यूनतम महशुल घटाउने निर्णय भएको हो ।

शुक्रबार बसेको खानेपानी संस्थाको बैठकले न्यूनतम महशुललाई दुई सय रुपैयाँबाट घटाएर एक सय ५० रुपैयाँ निर्धारण गरिएको खानेपानी संस्थाका सचिव बसन्त आचार्यले जानकारी दिए । संस्थाका अध्यक्ष जङ्गबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले युनिट १ देखी ५ युनिट सम्मका उपभोक्ताले न्यूनतम महशुल एक सय ५० रुपैयाँ तिर्नुपर्ने छ ।

६ युनिट देखी १३ युनिट सम्मको पानी महशुल दुई सय रुपैयाँ कायम गरिएको छ । यो शुल्कमा हाल १२ युनिट सम्म २०० रुपैयाँ लिइदै आएको थियो । १४ देखी २० युनिट सम्म हाल लिँदै गरेको प्रति युनिटमा ५ रुपैयाँ घटाएर २५, २१ देखी ३० सम्म हाल लिँदै गरेको प्रति युनिटमा ५ रुपैयाँ घटाएर ४० कायम गरिएको छ ।

३१ युनिट भन्दा माथि प्रयोग गर्ने उपभोक्ता का लागि हाल तिरी रहेको शुल्कमा प्रति युनिटमा ५ रुपैयाँ घटाएर ५० रुपैयाँ कायम गरिएको छ । बैठकले डिभिजन बन कार्यलयले निःशुल्क रूपमा संस्था लाई प्रदान गर्न लागेको पाँच हजार विरुवा चप्पर खोला प्रगतिशील सामुदायिक बन क्षेत्रमा असार २० गते रोपन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे