होटल व्यवसायी प्रवर्धन भए मात्र पर्यटन विकास हुन्छ : मन्त्री डिल्ली चौधरी



होटल व्यवसायी प्रवर्धन भए मात्र पर्यटन विकास हुन्छ : मन्त्री डिल्ली चौधरी

लमही १७ असार । लुम्बिनी प्रदेश सरकारका पर्यटन ,पूर्वाधार तथा शहरी विकाश मन्त्री डिल्ली चौधरीले होटल व्यवसायी प्रवर्धन भए मात्र पर्यटन क्षेत्रको विकाश हुने वताएका छन् ।लमहीमा विहिवार लमही होटल व्यवसायी समितिको भवन उदघाटन तथा प्रथम अधिवेशनलाई सम्वोदन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले जब सम्म व्यवसायी फस्टाउँदैन तव सम्म पर्यटनको विकास हुँदैन । त्यसका लागि व्यवसायी ज्ञानको जरुरी हुन्छ । ज्ञान सिप सिक्न होटलकर्मीलाई दक्ष बनाउन समितिले योजना बनाउनुहोस प्रदेश सरकार तयार छ उनले भने । नेपालमा दुइ खाले नेचुरल ,संस्कति र धार्मिक पर्यटक आउने बताउँदै उनीहरुका लागि अनुकुल टिपिकल खाना, गुणस्तर, सरसफाइ, सुरक्षा सेवा सुविधा दिन सके मात्र पर्यटक तान्न सकिन्छ , होटल व्यवसायी फस्टाएमा पर्यटनको विकास हुने बताए ।

देउखुरी क्षेत्र लुम्विनी प्रदेशको राजधानी समेत रहेकोले यहाँको होटल व्यवसायीको महत्व वढेर गएको बताए । मन्त्री चौधरीलाई होटल व्यवसायीहरुले आफना पिडा राख्दै साझ १० बजे सम्म खोल्न पाउने प्रशासनकोे निर्णयको गुनासो प्रति उनले भने तपाईहरु चाहेको वेला होटल शान्तिपूर्ण रुपमा खोल्नुहोस म गृहमन्त्रालयसंग समन्वय गर्छु उनले भने।

होटल व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष भास्कर काफ्लेले होटल व्यवसायी राज्येको मेरुदण्डको रुपमा रहे पनि दोहोरो कर अशुल्ने तर राज्यको लगानी नभएको गुनासो गरे । उनले होटल व्यवसायी नफस्टाउँदा सम्म पर्यटन क्षेत्रको विकास नहुने बताए । उनले प्रदेश सरकारले लुम्विनी प्रदेशमा पर्यटन सूचना केन्द्रको माग गर्दै प्रदेश सरकारको पर्यटन वोडमा होटल व्यवसायिको प्रतिनिधी समावेश गर्न पर्यटन मन्त्री चौधरीलाई आग्रह गरे । प्रदेश अध्यक्ष काफ्लेले पछिल्लो समयमा खोलिएका होमस्टेहरु आफनो कल्चर भन्दा पनि वाहिरका आधुनिक खाना पस्कन थालेको वताउदै यसलाई नियगन नगरे भविष्यमा समस्या पर्ने वताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका सचिव चन्द्रराज पन्न, लगायत छिमेकी जिल्लाका व्यवसायी समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा होटल व्यवसायि समितिको नव निमार्ण भवनको मन्त्री चौधरीले उदघाटन गरेका थिए । दाङमा पहिलो व्यवसायी लमहीले ३० लाखको लगानीमा आफनै जग्गामा भवन निर्माण गरेको छ ।

लुम्विनी प्रदेशमा करिव १५ हजार साना ठूला होटल छन् भने ६० हजार भन्दा वढीले राजगारी पाएको पनि होटल व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष काफ्लेले जानाकारी दिएका छन् । होटल व्यवसायी समिति लमहीका अध्यक्ष हेमन्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका निर्वतमान मेयर कुलबहादुर केसी, निर्वतमान उपमेयर देबका वेल्वासे, होटल व्यवसायी समिति दाङका दिपेन्द्र पुन , भालुवाङका महेश बेल्वासे, गढवाका दयारम थापा, बाँकेका रत्नबहादुर खड्क , कपिलवस्तुका सिवराज सापकोटा, देउखुरी उवा संघका अध्यक्ष खगेश्वर खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य लगायतले बाेलेका थिए । कार्यक्रमको सहजीकरण सचिव नारायण भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे