होटल व्यवसायी प्रवर्धन भए मात्र पर्यटन विकास हुन्छ : मन्त्री डिल्ली चौधरी
लमही १७ असार । लुम्बिनी प्रदेश सरकारका पर्यटन ,पूर्वाधार तथा शहरी विकाश मन्त्री डिल्ली चौधरीले होटल व्यवसायी प्रवर्धन भए मात्र पर्यटन क्षेत्रको विकाश हुने वताएका छन् ।
लमहीमा विहिवार लमही होटल व्यवसायी समितिको भवन उदघाटन तथा प्रथम अधिवेशनलाई सम्वोदन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले जब सम्म व्यवसायी फस्टाउँदैन तव सम्म पर्यटनको विकास हुँदैन । त्यसका लागि व्यवसायी ज्ञानको जरुरी हुन्छ । ज्ञान सिप सिक्न होटलकर्मीलाई दक्ष बनाउन समितिले योजना बनाउनुहोस प्रदेश सरकार तयार छ उनले भने । नेपालमा दुइ खाले नेचुरल ,संस्कति र धार्मिक पर्यटक आउने बताउँदै उनीहरुका लागि अनुकुल टिपिकल खाना, गुणस्तर, सरसफाइ, सुरक्षा सेवा सुविधा दिन सके मात्र पर्यटक तान्न सकिन्छ , होटल व्यवसायी फस्टाएमा पर्यटनको विकास हुने बताए ।
देउखुरी क्षेत्र लुम्विनी प्रदेशको राजधानी समेत रहेकोले यहाँको होटल व्यवसायीको महत्व वढेर गएको बताए । मन्त्री चौधरीलाई होटल व्यवसायीहरुले आफना पिडा राख्दै साझ १० बजे सम्म खोल्न पाउने प्रशासनकोे निर्णयको गुनासो प्रति उनले भने तपाईहरु चाहेको वेला होटल शान्तिपूर्ण रुपमा खोल्नुहोस म गृहमन्त्रालयसंग समन्वय गर्छु उनले भने।
होटल व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष भास्कर काफ्लेले होटल व्यवसायी राज्येको मेरुदण्डको रुपमा रहे पनि दोहोरो कर अशुल्ने तर राज्यको लगानी नभएको गुनासो गरे । उनले होटल व्यवसायी नफस्टाउँदा सम्म पर्यटन क्षेत्रको विकास नहुने बताए । उनले प्रदेश सरकारले लुम्विनी प्रदेशमा पर्यटन सूचना केन्द्रको माग गर्दै प्रदेश सरकारको पर्यटन वोडमा होटल व्यवसायिको प्रतिनिधी समावेश गर्न पर्यटन मन्त्री चौधरीलाई आग्रह गरे । प्रदेश अध्यक्ष काफ्लेले पछिल्लो समयमा खोलिएका होमस्टेहरु आफनो कल्चर भन्दा पनि वाहिरका आधुनिक खाना पस्कन थालेको वताउदै यसलाई नियगन नगरे भविष्यमा समस्या पर्ने वताए ।
कार्यक्रममा होटल व्यवसायी महासंघका सचिव चन्द्रराज पन्न, लगायत छिमेकी जिल्लाका व्यवसायी समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा होटल व्यवसायि समितिको नव निमार्ण भवनको मन्त्री चौधरीले उदघाटन गरेका थिए । दाङमा पहिलो व्यवसायी लमहीले ३० लाखको लगानीमा आफनै जग्गामा भवन निर्माण गरेको छ ।
लुम्विनी प्रदेशमा करिव १५ हजार साना ठूला होटल छन् भने ६० हजार भन्दा वढीले राजगारी पाएको पनि होटल व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष काफ्लेले जानाकारी दिएका छन् । होटल व्यवसायी समिति लमहीका अध्यक्ष हेमन्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका निर्वतमान मेयर कुलबहादुर केसी, निर्वतमान उपमेयर देबका वेल्वासे, होटल व्यवसायी समिति दाङका दिपेन्द्र पुन , भालुवाङका महेश बेल्वासे, गढवाका दयारम थापा, बाँकेका रत्नबहादुर खड्क , कपिलवस्तुका सिवराज सापकोटा, देउखुरी उवा संघका अध्यक्ष खगेश्वर खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य लगायतले बाेलेका थिए । कार्यक्रमको सहजीकरण सचिव नारायण भुसालले गरेका थिए ।
