दाङको देउखुरीमा खाल्डोमा जमेको पानीमा डुबेर ४ वर्षिय बालिकाको मृत्यु



दाङको देउखुरीमा खाल्डोमा जमेको पानीमा डुबेर ४ वर्षिय बालिकाको मृत्यु

दाङ १७ असार । दाङमा पुल निर्माणकाे लागि खनिएको खाडलमा परेर एक बालिकाकाे मृत्यु भएको छ।

शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर ती बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रेश्माको श्रीमान सोही गाउँपालिकास्थित अग्नी सिमेन्ट कम्पनीमा काम गर्दै आएको र श्रीमान भेट्न गएको समयमा आमासँगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे