दाङका १ हजार ६ सय ८७ उम्मेदवारले अझै पेस गरेनन चुनावी खर्च विवरण



दाङका १ हजार ६ सय ८७ उम्मेदवारले अझै पेस गरेनन चुनावी खर्च विवरण

दाङ १० असार । दाङका २०६ जना उम्मेदवारहरुले मात्रै प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङमा चुनावको खर्च विवरण पेस छन् । गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका २०६ जना उम्मेदवारहरुले खर्च विवरण पेस गरेका हुन् ।

दाङमा २ हजार २०७ जना उम्मेदवारमध्ये ५२० जना उम्मेदवार निर्वाचित भएका छन् । जिल्लामा अझै १ हजार ६८७ जना उम्मेदवारहरुले खर्च विवरण बुझाउन बाँकी छ ।

खर्च विवरण पेस गर्नेमा घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार गोविन्द प्रसाद शर्मा, दिर्घ प्रसाद भण्डारी, कल्पना चौधरी, नरुलाल चौधरी, नेत्र प्रसाद पाण्डेले प्रदेश निर्वाचन कार्यालय चुनावी खर्च बुझाएका छन् ।

नरुलाल चौधरी घोराही उपमानगरपालिकाको नवनिर्वाचित मेयर हुन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार मभ्ये महेन्द्र शाहले मात्रै खर्च विवरण बुझाएका छन् भने लमही नगरपालिकाको मेयर पदका उम्मेदवार शिवप्रसाद चौधरी मात्रै खर्च प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङको नायब सुब्बा भुवनेश्वर अधिकारीले जानकारी दिए ।

त्यसैगरी उपप्रमुख पदका उम्मेदवारमध्ये घोराही उपमहागरपालिकाबाट निर्मल थापा, हुमा कुमारी डिसी, भुप बहादुर डाँगी क्षेत्री, राधिका क्षेत्री, र तुलसीपुर उपमहानगरपालिकाबाट फगनी चौधरीले मात्रै चुनावी खर्च विवरण बुझाएको नायब सुब्बा अधिकारीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका अध्यक्षका उम्मेदवारमा गीता पुन मगर बंगलाचुली गाउँपालिका, गणेश बहादुर चौधरी बबई गाउँपालिका, शोभाराम बुढा राप्ती गाउँपालिका, बिर बहादुर चौधरी दंगीशरण गाउँपालिका, राम बहादुर घर्ती गढवा गाउँपालिका, शम्भु गिरी दंगीशरण गाउँपालिका, जगतप्रसाद चौधरी राप्ती गाउँपालिका, कुलराज गिरीराजपुर गाउँपालिका र प्रमोद बस्नेत शान्तिनगर गाउँपालिकाका उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका छन् ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार मध्ये सालिकराम सार्की बंगलाचुली, हिरा बहादुर राप्ती, फगन्य चौधरी राप्ती, भिष्मा बुढा मगर गढवा, पीमा कुमारी वली दंगीशरण, कमलापति चौधरी राप्ती, सिता यादव राजपुर र प्रेमा कुमारी बुढाथोकी शान्तिनगरले चुनावी खर्च पेस गरेका छन् ।

त्यसैगरी वडाध्यक्षका उम्मेदवारहरुमध्ये अहिलेसम्म ५५ जनाले निर्वाचन कार्यालयमा खर्च पेस गरेको अधिकारी बताए । भने वडासदस्यहरु ६१ जना, महिला सदस्य ३३ जना र दलित महिला सदस्य २८ जनाले प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका खर्च विवरण पेस गरेका छन् ।

नायब सुब्बा अधिकारीका अनुसार दाङका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेको र कतीपय उम्मेदवारहरुले त्यही खर्च विवरण पेस गरेको भए पनि प्रदेश निर्वाचन कार्यालयसम्म आई नपुगेकाले खर्च पेस गर्ने उम्मेदवार संख्या कम देखिएको हो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

कानुनी प्रावधान अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका बाहेक अन्य सबै पालिकाको उम्मेदवारहरुले खर्च विवरण बुझाउने समय सकिएको छ ।यसैबिच निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । विवरण नबुझाउने उम्मेदवारलाई सिफारिसका आधारमा कारबाही गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे