दाङको राप्ती गाउँपालिकाले पनि कार्यपालिका बैठकको लाइभ गर्ने



दाङको राप्ती गाउँपालिकाले पनि कार्यपालिका बैठकको लाइभ गर्ने

भालुवाङ १० असार । दाङ—देउखुरीको राप्ती गाउँपालिकाले पनि अब गाउँ कार्यपालिकाको बैठक लाइभ गर्ने भएको छ । काठमाडौँ महानगरपालिका पछि पहिलो पटक राप्ती गाउँपालिकाले पनि कार्यपालिकाको बैठक लाइभ गर्न लागेको हो ।

स्थानीय सरकारले गर्ने हरेक कृयाकलाप तथा योजनाबारे जनतालाई सुसुचित भएको अनुभूति गराउन तथा जनप्रतिनिधिहरुलाई जनताप्रति जिम्मेवार बनाउन कार्यपालिकाको बैठक लाइभ गर्न लागिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले देउखुरी टुडे लाई जानकारी दिए ।

आ—आफ्नो कार्यशैली र व्यवबहार जनता समक्ष पुर्‍याउन तथा जनतालाई सुचनाको पूणर् प्रत्याभूति दिन अब देखि कार्यपालिकाको बैठक लाइभ गर्ने सिस्टमको विकास गर्न लागिएको अध्यक्ष बिष्टले जानकारी दिए । यसैबीच आज शुक्रबार दिउँसो २ बजे बस्ने कार्यपालिकाको बैठकको पहिलो पटक लाइभ गरिन लागेको समेत अध्यक्ष बिष्टले जानकारी दिएका छन् ।

यता उक्त कार्यपालिका बैठकको राप्ती टेलिभिजन सहित देउखुरी टुडे डटकम, दंङ्गाली खबर डटकम र पिजिसी मिडिया नेटवर्क लगायतका सञ्चार माध्यमहरुले पनि लाइभ गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे