दाङको देउखुरीमा मोटरसाइकल चोरी गर्ने ३ बालक पक्राउ



दाङको देउखुरीमा मोटरसाइकल चोरी गर्ने ३ बालक पक्राउ

भालुवाङ ७ असार । दाङको देउखुरीमा  मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना बालक पक्राउ परेका छन् ।

पक्राउ परेका बालकहरूको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ । गत असार १ गते राती १ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ८ जुरपानी निवासी टेकबहादुर केसीको  रा ३ प ५०६५ नम्बरको मोटरसाइकल घरको  कम्पाउण्डमा पार्किङ गरि राखेको अवस्थामा चोरी भएको थियो ।

हराएको मोटरसाइकल खोजतलासका लागि इलाका प्रहरी कार्यालय भालुवाङमा मौखिक जानकारी दिए लगत्तै तत्काल प्रहरी निरिक्षक सुजनविक्रम शाह सहितको प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा सो मोटरसाइकल  राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा ३ जना सवार भई चलाई रहेको अवस्थामा फेला पारेको हो ।

मोटरसाइकल फेला परे पनि फरार रहेका ती बालकलाई सोमबार प्रहरीले पक्राउ गरि मंगलबार दाङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे