दाङदेखि जाजरकोट जाँदै गरेकाे ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु



दाङदेखि जाजरकोट जाँदै गरेकाे ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

सुर्खेत ४ असार । निर्माण सामाग्री लिएर दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान दाङबाट सिमेन्ट र सरिया लिएर जाजरकोटका लागि छुटेकाे ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतकाे गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै ट्रक सडकबाट ५० मिटर तल खसेको र ट्रक मुनि २ जना मानिस च्यापिएको देखिए पनि मान्छेले निकाल्न नसकिएपछि क्रेन बाेलाएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए। उनिहरुकाे शव देखिएपनि थप विवरण भने उद्दार पछि एकिन हुने र अहिले सकेसम्म छिटाे उद्दारकाे लागि स्थानीय सहित प्रहरी खटिईसकेकाे भएपनि क्रेन आउन केही समय लाग्ने हुँदा थप विवरण खुल्न बाँकी रहेकाे प्रहरी उपरीक्षक बिष्टले बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे