रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु



रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु

 रोल्पा ४ असार  रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए । घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे