अघोषित लोडसेडिङ नहटेपछि विद्युतका हाकिमलाई लालटिन उपहार



अघोषित लोडसेडिङ नहटेपछि विद्युतका हाकिमलाई लालटिन उपहार

घोराही ३ असार । नेपाली कांग्रेसले नेपाल विद्युत प्राधिकरण घोराही शाखाका प्रमुखलाई लालटिन उपहार दिएको छ । यसअघि पनि अघोषित लोडसेडिङका कारण देखिएका समस्या सम्बोधन गर्न र विद्युत आपूर्तिमा सहजता ल्याउन घोराही नगर कांग्रेसले नेपाल विद्युत प्राधिकरण घोराही शाखाको ध्यानाकर्षण गराएको थियो ।

शुक्रबार पनि घोराही नगर कांग्रेसले एक ध्यानाकर्षण पत्रसहित विद्युत कार्यालयमा डेलिगेसन पुगेको हो । पुनः डेलिगेसन गएको कांग्रेस नगर समितिले अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न आग्रह गर्दै लालटिन उपहार दिएको हो । डेलिगेसन पुगेको समुहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणी बिकलाई भेटी समस्या राख्नुका साथै यथाशीघ्र समस्या समाधान गर्न सुझाएका थिए ।

डेलिगेसनमा नेपाली कांग्रेसका क्षेत्र नं। २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, प्रदेश २ का सभापति प्रकाश श्रेष्ठ , नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी, दाङ उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरा, ऋषि पोख्रेल, सुरज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे