दाङ देउखुरी होटल व्यवसायी समितिकाे २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न



दाङ देउखुरी होटल व्यवसायी समितिकाे २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

दाङ ३ असार । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औं स्थापना दिवस विविध कार्यक्रम सम्पन्न गरि मनाएको छ । बुधबार घोराही उपमहानगरपालिकाभित्र रहेका माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता, विहिवार घोराही १३ को धार्मिक तथा पर्यटकिय क्षेत्र बाह्रकुने दहमा सरसफाई र शुक्रबार रक्तदान तथा शुभकामना आदनप्रदान गरेर कार्यक्रमको समापन गरिएको हो ।

समितिका अध्यक्ष दीपेन्द्र पुनको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकीको प्रमुख आतिथ्यतामा रक्तदान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाथोकीले होटेल व्यवसायलाई थप मर्यादित, स्वच्छ र स्तरीय सेवाका रुपमा बिकास गर्न आवश्यक रहेको बताए । दाङ प्रदेश राजधानी भएसंगै होटेलको स्तरीकरण गर्दै सुबिधा सम्पन्न होटेल व्यवसाय बनाउन आवश्यक रहेको औल्याए ।

उनले  दाङमा रातिसम्म व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन धेरै संघर्ष गर्नु परेको भएपनि अहिले पनि १० बजे सम्म होटेलहरु नखुल्ने गरेको बताए । अर्काेतिर केही समय पहिले लोक सेवा आयोगको परिक्षा दाङमा सञ्चालन हुदा बास बस्नका लागि जिल्लामा होटल अभाव देखिएको समस्या बताउदै यस्तो अवस्था पुनः दोहोरिन नदिन होटेल व्यवसायी चनाखो बन्नुपर्ने बताए ।

घोराही उपमहानगरपालिका वडा नंम्वर १४ का अध्यक्ष तथा उपमहानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखाका संयोजक भानसिङ बुढा, वडा नंम्वर १७ का अध्यक्ष रामलौटन चौधरीले होटल व्यवसायीलाई वडा सरकार तथा स्थानिय तहबाट हुने साथ र सहयोग सधै रहेने बताए ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले होटेल व्यवसाय दाङमा आउने पाहुनाका लागि एैना भएको भन्दै होटेल व्यवसयलाई सफा बनाउन ध्यान दिनुपर्ने बताए । होटेल व्यवसायलाई सफा र व्यवस्थीत गर्दै सुरक्षाका लागि सिसि टिभीको व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा दाङ चेम्बर अफ कमर्शका सचिव लक्ष्मी अधिकारी, दाङ देउखुरी होटेल व्यवसायी समितिका निवर्तमान अध्यक्ष रुद्रबहादुर डागी, नेपाल रेडक्रस सोसाइटी घोराही शाखाका सभापति थम्मन चौधरी, रक्तसञ्चार केन्द्र दाङका इन्चार्ज दिलिप न्यौपाने, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, रेडियो मध्यपश्चिमका सम्पादक छवि पुरीलगायतले शुभकामना मन्तव्य दिदै होटेल व्यवसायी समितिले व्यवसायीक हकहितसंगै सामाजिक सेवाका कार्यमा समेत योगदान पुर्याउदै आएको बताए ।

यस्तै बुधवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । समिकिा वरिष्ठ उपाध्यक्ष ईश्वर बुढा मगर, महासचिव टिकाराम भुसाल, सदस्य सन्तोष गिरी, नुमप्रसाद पाण्डे, सन्तोष चौधरी, किरण चौधरी, भेषराज भण्डारी, टंकराज खत्री, मोहन केसी, अशोककुमार महरा, भोकबहादुर बुढाथोकी, शन्तोष केसी, सेमसर रोका मगर, पदम न्यौपाने, विक्रम बुढा मगर, रामबहादुर भण्डारी, विपना कवर मगर, भिमप्रसाद खनाल, दसि चौधरी, कालिका खनाल, यमलाल घिमिरेले गरेका थिए ।

त्यस्तै प्रकाश चौधरी, तेजुलाल पौडेल,बलराम जैसी, मोहन प्रसाद केसी, धना महरा डिसी, रास्ती बुढा मगर, पुर्ण पराजुली, कृष्ण प्रसाद भुसाल, मञ्जु रोका, गौरव पराजुली, पंकज बटला, विक्रम पुन मगर, यादप गुरुङ, बिमला बुढा मगर, निरज गिरी र सन्तोष खत्री गरेका थिए ।

स्थापना दिवसका अबसरमा लामो समयदेखि सस्थाको निति नियममा रहेर मार्यादित, अनुसाशित र व्यवस्थीत रुपमा होटेल व्यवसाय सन्चालन गर्ने वीर बहादुर खत्रीलाई उत्कृष्ठ व्यवसायी, संस्थाको विकास लागि सहयोग गर्ने कानुनी सल्लाहकार हरि बेल्बासे र समितिका प्रेस संयोजक चन्द्रप्रकाश नेपालीलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको हो ।  समितीका वरिष्ठ उपाध्यक्ष इश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव टीकाराम भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे