ऐरावती क्याम्पस लालमटियामा कार्यक्रम उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सुरू



ऐरावती क्याम्पस लालमटियामा कार्यक्रम उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सुरू

भालुवाङ २ असार । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा बिहीबार देखि २ दिने कार्यक्रम उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।

विद्यार्थी कल्याणकारी समितिको आयोजनामा तालिम सुरू भएको हो । तालिमको उद्घाटन क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालले गरेका थिए । समितिका अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता एवम् क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आथित्यतामा तालिम उद्घाटन गरिएको हो।

३२ जना  विद्यार्थीहरूको सहभागीता रहेको तालिममा क्षमता अभिवृद्धिका विषयमा  क्याम्पसका साहायक प्रमुख विक्रान्त ज्ञवाली, व्यवस्थापनका विषयमा व्यवस्थापन संकायका प्रध्यापक  रामकृष्ण पाैडेल, उदघोषण तथा कार्यक्रम उत्पादनका विषयमा देउखुरी टुडे डटकमका कार्यकारी  सम्पादक ओमप्रकाश गुप्ताले प्रशिक्षण दिएका थिए ।

विद्यार्थी बिरेन्द्र गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विद्यार्थी टिकाराम राउतले गरेका थिए । तालिम शुक्रबार सम्म चल्ने छ तालिमको समापन कार्यक्रम भने शुक्रबार १० बजे गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे