देउखुरीको पहरूवामा करेन्ट लागेर एक जनाको मृत्यु



देउखुरीको पहरूवामा करेन्ट लागेर एक जनाको मृत्यु

सिसहनियाँ ३ असार । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा निवासी अन्दाजी ४०/४५ वर्षका मोहन चाैधरीको मृत्यु भएको हो । आज विहान ६:३० बजेको समय घर नजिक मोटर लगाएर धानखेतमा सिचाइ गर्ने बेलामा घरबाट जोडेको करेन्ट लागेर उनको मृत्यु भएको हो ।

गम्भीर घाइते चाैधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोष्ट मार्टमका लागि शव गृहमा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे