संसदमा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने



संसदमा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौ २ असार । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरूले जवाफ दिइरहेका हुन् । आज नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् । बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे