एमालेले आज र भोलि २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरुलाई प्रशिक्षण दिने



एमालेले आज र भोलि २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरुलाई प्रशिक्षण दिने

काठमाडौं २ असार । नेकपा एमालेले देशभरका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै छ। आफ्नो पार्टीबाट उम्मेदवार भई जितेका जनप्रतिनिधिलाई आज र भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु सहभागी हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे