लुम्बिनी प्रदेशकाे बजेट सार्वजनिक, एक पालिका एक प्राङ्गारिक मल उद्योग कार्यक्रम (पूर्णपाठ सहित)



लुम्बिनी प्रदेशकाे बजेट सार्वजनिक, एक पालिका एक प्राङ्गारिक मल उद्योग कार्यक्रम (पूर्णपाठ सहित)

बुटवल १ असार । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ ।  प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ ।

यस्तै एक पालिका एक खेलकुद संरचना, एक पालिका एक नमुना उत्पादन, एक जिल्ला एक निर्यातयोग्य बाली तथा वस्तु, एक पालिका एक प्राङ्गारिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम, व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशिलता प्रवर्द्न, एक निर्वाचन क्षेत्र : एक औद्योगिक ग्रामको कार्यक्रम पनि बजेटमा राखिएको छ ।

तस्बिर : गीता थापा

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे