राप्ती प्राविधिक शिक्षालयलाई सार्न ७ करोड ५० लाख बजेट विनियोजन
भालुवाङ १ असार । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अन्यत्र सारिने भएको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरी नमुना शिक्षालयको रुपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गरिने बताएका हुन् । त्यसका लागि ७ करोड ५० लाख विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्