गढवा गाउँपालिकाका प्रेस संयोजक शिवराज पन्थीद्धारा राजिनामा (विज्ञप्ती सहित)



गढवा गाउँपालिकाका प्रेस संयोजक शिवराज पन्थीद्धारा राजिनामा (विज्ञप्ती सहित)

गढवा १ असार । देउखुरीको गढवा गाउँपालिकाका प्रेस संयोजक शिवराज पन्थीले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रेस संयोजकबाट राजिनामा दिएका हुन् ।

उनले संघीय संरचनाको सुरुवात संगै दाङ देउखुरी स्थित गढवा गाउँपालिकाको प्रेस सल्लाहकारको भूमीकामा रहि जननिर्वाचित प्रतिनिधीहरुको पहिलो कार्यकाल पुरा गरि दोश्रो कार्यकालको झण्डै एक महिना काम गर्ने मौका पाएँमा खुसी व्यक्त गरेका छन् ।

त्यस्तै उनले यो अवधीमा गाउँपालिकाले गरेका भौतिक एवं सामाजिक बिकासका गतिविधी बिभिन्न श्रब्य दृष्य संचारमाध्यम मार्फत नागरिक सम्म पुर्याउने भूमीका सकेजत्ति रहयो । गाउँपालिकाले गरेका सकारात्मक गतिबिधि बाहिर ल्याउने र स्थानीय सरकारकै पक्षमा काम गर्ने दायित्व प्रति कञ्जुस्याई गरिन । यत्तिमात्र होइन प्रेस संयोजकको अर्को महत्वपुणर् पाटो जिल्लाभरका सञ्चार माध्यम र संचारकर्मि साथीहरुसंग सकेजति समन्वय र सहकार्य गर्दै अघि बढ्नु र स्थानीय सरकारको सहयोग गर्नु । यो भूमीका प्रति मुल्यांकन भए नभए पनि मैले सकेजत्ति गरेजस्तो लाग्छ, पन्थीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै उनले अगाडी भन्नु भयो, मिडियामा गढवा गाउँपालिका नामको फेसबुक पेज बाट नियमित बिकास गतिविधी र सुचनाहरु अपडेट गरिरहें । उक्त पेजमा धेरै साथीहरु जोडिनु भएको छ । सकारात्मक सल्लाह सुझाव दिने र बिरोधाभाषका टिप्पणि गर्ने सबैप्रति सम्मान ब्यक्त गर्दछु । जसले मलाई र गाउँपालिकालाई पनि सकारात्मक दिशानिर्देश गर्नुभयो, पन्थीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अब उप्रान्त यो फेसबुक पेज मैले चलाउने छैन र अधिकार पनि रहने छैन । प्रसस्त साथीहरु जोडिनु भएकोले राजिनामा संगै आई डि तथा पासवर्ड गाउँपालिकालाई नै बुझाएको छु ता कि अब आउने साथीलाई पनि सुचना प्रबाह गर्न सहज होस । आइ डि तथा पासवर्ड चेञ्ज गरेर नाम यथावत राखि संचालन भयो भने सुचना प्राप्तीका लागि धेरैलाई सहज हुने छ ,जसबाट नियमित सुचना र समाचारहरु समेत अपडेड भै रहुन भन्ने अपेक्षा समेत राख्दछु, जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै उनले राजिनामामा कुनै कारण भन्नु छैन, आफ्नै स्व-ईच्छा हो । आगामी दिनमा पालिकाले मलाई संझिदा सकारात्मक कामकालागि असहयोग रहने छैन । अन्त्यमा म गाउँपालिकामा कार्यरत रहँदा सम्म जनप्रतिनिधीहरु तथा कर्मचारी परिवार र संचार माध्यम एवं पत्रकार साथीहरुको सकारात्मक सहयोग र सद्भावको उच्च सम्मान गर्दै हार्दिक आभार समेत ब्यक्त गर्दछु । मिडियामा गढवा गाउँपालिकासंग जोडिनु भएका सबैमा कदर र नमन छ, पन्थीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

२०७४ सालको स्थानीयतहको निर्वाचनमानेकपा एमालेबाट गढवा गाउँपालिकाको अध्यक्षमा सहजराज यादव निर्वार्चित भएपछि पत्रकार पन्थीलाई पालिकाको प्रेस संयोजकमा नियुक्त गरेका थिए ।

पन्थीद्वारा राजीनामा यसप्रकार रहेको छ:

संघीय संरचनाको सुरुवात संगै दाङ देउखुरी स्थित गढवा गाउँपालिकाको प्रेस सल्लाहकारको भूमीकामा रहि जननिर्वाचित प्रतिनिधीहरुको पहिलो कार्यकाल पुरा गरि दोश्रो कार्यकालको झण्डै एक महिना काम गर्ने मौका पाएँ ।

त्यस्तै यो अवधमिा गाउँपालिकाले गरेका भौतिक एवं सामाजिक बिकासका गतिविधी बिभिन्न श्रब्य दृष्य संचारमाध्यम मार्फत नागरिक सम्म पुर्याउने भूमीका सकेजत्ति रहयो । गाउँपालिकाले गरेका सकारात्मक गतिबिधि बाहिर ल्याउने र स्थानीय सरकारकै पक्षमा काम गर्ने दायित्व प्रति कञ्जुस्याई गरिन । यत्तिमात्र होइन प्रेस संयोजकको अर्को महत्वपुर्ण पाटो जिल्लाभरका सञ्चार माध्यम र संचारकर्मि साथीहरुसंग सकेजति समन्वय र सहकार्य गर्दै अघि बढ्नु र स्थानीय सरकारको सहयोग गर्नु । यो भूमीका प्रति मुल्यांकन भए नभए पनि मैले सकेजत्ति गरेजस्तो लाग्छ ।

मिडियामा गढवा गाउँपालिका नामको फेसबुक पेज बाट नियमित बिकास गतिविधी र सुचनाहरु अपडेट गरिरहें । उक्त पेजमा धेरै साथीहरु जोडिनु भएको छ । सकारात्मक सल्लाह सुझाव दिने र बिरोधाभाषका टिप्पणि गर्ने सबैप्रति सम्मान ब्यक्त गर्दछु । जसले मलाई र गाउँपालिकालाई पनि सकारात्मक दिशानिर्देश गर्नुभयो । अब उप्रान्त यो फेसबुक पेज मैले चलाउने छैन र अधिकार पनि रहने छैन । प्रसस्त साथीहरु जोडिनु भएकोले राजिनामा संगै आई डि तथा पासवर्ड गाउँपालिकालाई नै बुझाएको छु ता कि अब आउने साथीलाई पनि सुचना प्रबाह गर्न सहज होस । आइ डि तथा पासवर्ड चेञ्ज गरेर नाम यथावत राखि संचालन भयो भने सुचना प्राप्तीका लागि धेरैलाई सहज हुने छ ,जसबाट नियमित सुचना र समाचारहरु समेत अपडेड भै रहुन भन्ने अपेक्षा समेत राख्दछु ।

राजिनामामा कुनै कारण भन्नु छैन,आफ्नै स्व–ईच्छा हो । आगामी दिनमा पालिकाले मलाई संझिदा सकारात्मक कामकालागि असहयोग रहने छैन । अन्त्यमा म गाउँपालिकामा कार्यरत रहँदा सम्म जनप्रतिनिधीहरु तथा कर्मचारी परिवार र संचार माध्यम एवं पत्रकार साथीहरुको सकारात्मक सहयोग र सद्भावको उच्च सम्मान गर्दै हार्दिक आभार समेत ब्यक्त गर्दछु । मिडियामा गढवा गाउँपालिकासंग जोडिनु भएका सबैमा कदर र नमन ।

मितिः२०७९।०३।०१ गते

                                                                                                                                                                                                              शिबराज पन्थी

                                                                                                                                                                                                                प्रेस संयोजक

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे