प्युठानमा भारतीय तिर्थयात्री चढेको जिप दुर्घटना, १ जनाको मृत्यु ७ जना घाइते



प्युठानमा भारतीय तिर्थयात्री चढेको जिप दुर्घटना, १ जनाको मृत्यु ७ जना घाइते

प्युठान १ असार । प्युठानको भिंगृ स्वर्गद्वारी सडकखण्डमा जीप दुर्घटना हुँदा एक जना तिर्थयात्रीको मृत्यु भएको छ।

भारतीय तिर्थालुहरु चढेको पिवि १० जिजेड ०२७९ नम्बरको बोलेरो जीप बुधवार दुर्घटना हुँदा भारतिय नागरिक ५८ वर्षिय बिक्की नाउ गरेका ब्याक्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।


उक्त जीप स्वर्गद्वारी दर्शन गरि फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा अरु ७ जना घाईते भएका छन।त्यसमध्ये दुई जनाको अबस्था गंभिर रहेको प्रहरीले बताएको हो। प्रहरीका अनुसार घाईते सबैलाई उपचारका लागि भैरहवा रिफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे