विप्लव नेतृत्वको नेकपाले क्रान्ति गर्न नसक्ने भन्दै जिल्ला सदस्यसहित ६ जनाले छाडे पार्टी



विप्लव नेतृत्वको नेकपाले क्रान्ति गर्न नसक्ने भन्दै जिल्ला सदस्यसहित ६ जनाले छाडे पार्टी

दाङ १ असार । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति गर्न नसक्ने भन्दे दाङ जिल्ला सदस्यसहित ६ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला सदस्य शेरबहादुर परियार, अतुल कवरलगायत पार्टीको अन्य संगठनमा आबद्ध गरी ६ जनाले पार्टी छाडेका हुन ।

आज (बुधबार) विज्ञप्ति जारी गर्दै उनीहरुले नेकपा पार्टी संसदीय राजनीतिमा प्रवेश गरेको अरोपसमेत लगाएको छन् । विज्ञप्तिमा नेकपा पार्टी व्यक्तिवादमा फसेको, इमान्दार तथा क्रन्तिकारी नेता कार्यक्रताहरुलाई अनाहकमा कार्वाही गर्न लागेका पार्टी छाडेको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे