बड्का सिसहनियाँमा सञ्चालित फुटसल प्रतियोगीताको उपाधी मसुरीया फुटवल क्लवलाई



बड्का सिसहनियाँमा सञ्चालित फुटसल प्रतियोगीताको उपाधी मसुरीया फुटवल क्लवलाई

सिसहनियाँ १ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँको खेलमैदानमा सञ्चालित फुटसल प्रतियोगिताको उपाधी मसुरीया फुटवल क्लवले हात पारेको छ ।

नव शहासी युवा क्लवको आयोजना एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सहयोगमा गत जेठ २८ गते देखि ३१ ग्ते सम्म सञ्चालित फुटसल प्रतियोगिताको उपाधी मसुरीया फुटवल क्लवले हात पारेको हो । त्यस्तै प्रतियोगितामा नयाँगाउँ फुटवल क्लव उपविजेता बनेको छ । १३ वटा टिमले भाग लिएको प्रतियोगितामा अशोक घर्ती मगर र हिमाल शाही उत्कृष्ट खेलाडी छनौट भएका छन् । भने उत्कृष्ट गोलकर्ताको रुपमा तुलबहादुर भट्टराई छनौट भएका छन् । यसै बीच खेलको मंगलवार समापन गरिएको छ ।

क्लवका सहसचिव सन्जु खनालको अध्यक्षता एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई २ हजार ५ सय, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य पदम छिनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे