सिसहनियाँ बजार अनुगमन, अखाद्य तथा म्याद नाघेको सामान भेटिएन



सिसहनियाँ बजार अनुगमन, अखाद्य तथा म्याद नाघेको सामान भेटिएन

सिसहनियाँ १ असार । दाङ देउखुरीको सिसहनियाँ बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङद्वारा बजार अनुगमन गरिएको हो ।

बजारमा हुने कालो बजारी, मुल्यमा एक रूपता नदेखिएको र दर्ता विना पसल सञ्चालन रोक्न अनुगमन गरिएको हो ।सिसहनियाँ बजारको १५ वटा पसलमा अनुगमन गर्दा कुनै पनि किराना पसलमा अखाद्य तथा म्याद नाघेको कुनै वस्तु फेला नपरेको, छिटफुट पसलहरू घरेलुुमा नवीकरण नभएको र केही पसलमा ग्राहकले देखिने गरि मूल्य सुचि नराखेको बाहेक अनुगमनमा सवै पक्ष राम्रो रहेको र व्यवसायीहरू सचेत रहेको घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका अधिकृत रामप्रसाद पाैडेलले जानकारी दिएका छन् ।

१५ वटा पसल मध्ये ८ वटा किराना तथा खाद्यान्न पसल, २ वटा डेरी, १ वटा फर्निचर, २ वटा सुचचाँदी पसल, १ वटा होटल र १ वटा ग्रिल पसलको अनुगमन गरिएको थियोे ।अनुगमनका क्रममा घरेलुमा नवीकरण भए नभएको, मुल्यसुची भए नभएको, अखाद्य वस्तु, म्याद गुज्रेको छ वा छैन भन्ने विषयमा अनुगमन गरिएको अधिकृत पाैडेलले जानकारी दिएका छन् ।

अनुगमनमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी,  इलाका प्रशासन कार्यालय लमहीका नायव सुब्बा बामदेव गिरी, घरेलु तथा साना उद्योग कार्यालय घोराहीका अधिकृत छैठौं रामप्रसाद पाैडेल, इलाका प्रहरी कार्यालय सिसहनियाँका वरिष्ठ हवल्दार कनैयालाल बारी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, महासचिव प्रकाश आचार्य, सचिव मदन अधिकारी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे( मनु), राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सचिव अशलेख चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे