लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २५ गते ल्याउँदै



लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २५ गते ल्याउँदै

बुटवल २२ जेठ । लुम्बिनीमा २३ जेठमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको थियो । तर, उक्त नीति तथा कार्यक्रम ल्याउने मिति सरेको छ ।

दशौँ अधिवेशनको छैठौँ बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि भोलिको बैठक स्थगित भएसँगै नीति तथा कार्यक्रममा पर धकेलिएको हो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले एक विज्ञप्ति जारी गर्दै २३ गते दिनको १ बजे बस्ने गरी निर्धारित दशौँ अधिवेशनको छैठौँ बैठक विशेष कारणवश स्थगित भएको जनाएको छ ।

सचिवालयका सचिव दुर्लभकुमार पुनले सभामुखको निर्देशानुसार जेठ २५ गते बुधबार १ बजे बैठक बस्ने गरी तय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे